७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

विद्यालयको स्वार्ण जयन्ती मनाउन पूर्व विद्यार्थीले दिए २ लाख १ हजार रूपैयाँ


१७ फागुन, नुवाकोट । नुवाकोटको बेलकोट भञ्ज्याङ माध्यामिक विद्यालयको स्वार्ण जयन्तीका अवसरमा पूर्व विद्यार्थी आइतराम तामाङ (भञ्ज्याङ्)ले २ लाख १ हजार रूपैयाँ सहयोग गरेका छन । रोजगारीको शिलसिलामा दक्षिण कोरिया बस्दै आएका पूर्व विद्यर्थी आइतराम तामाङ (भञ्ज्याङ्)ले आफ्नो हजुरबुबा स्वर्गीय साइला तामाङ र हजुराअमा स्वर्गीय काइली तामाङको सम्झनामा आफू र पिता हर्कबहादुर तामाङको तर्फबाट विद्यालयलाई २ लाख १ हजार रूपैयाँ सहयोग गरेको स्वार्ण जयत्नी आर्थिक समितिका संयोजक मधु खनालले दैनिकीलाई जानकारी दिए ।

बेलकोटगढी नगरपालिकाको वडा नम्बर १ मा रहेको बेलकोट भञ्ज्याङ माध्यामिक विद्यालयले फागुन १९ गते स्वार्ण जयन्ती मनाउन लागेको छ । महेन्द्र सापकोटा, भेषनाथ पुडासैनी, रोमप्रसाद पुडासैनी, उत्तरबहादुर तामाङ, रामप्रसाद सापकोटा लगायतको पहलमा विक्रम संवत २०३० सालमा स्थापना भएको थियो । खुला आकाशमुनीबाट सुरू भएको विद्यालयले स्थापनाको ५० वर्ष पूरा गर्दै गर्दा भौतिक रूपमा सम्पन्न भएको छ ।

विद्यालयको स्वार्ण जयन्तीको अवसरमा अर्थमन्त्री डा प्रकाशरण महत, संसदको कानुन समितिकी सभापति विमल सुवेदी लगायत सहभागी हुँदैछन । अहिले विद्यालयको स्वर्णय जयन्ती कार्यक्रमका लागि स्वःस्फूर्त रूपमा शिक्षक, अभिभावक र पूर्व विद्यार्थीले सहयोग दिइरहेका छन ।स्वार्ण जयन्तीका दिन बिहानैदेखि अभिभावकले घरैदेखि कलशयात्रा गर्ने तयारी समेत भएको छ । 

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार २२:०२