९ बैशाख २०८१, आईतवार | Sun Apr 21 2024

नेप्सेमा झिनो अंकको गिरावट, चार कम्पनीको सेयरमा सकारात्मक सर्किट


१६ फागुन, काठमाडौँ । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ०.८७ अंकले घटेर २०००.७७ बिन्दुमा बन्द भएकाे छ । बुधबार २ अर्ब ३ करोड १० लाख रुपैयाँको कारोबार भएको छ ।

आज चार कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन बिशाल बजार कम्पनी, बोटलर्स नेपाल (बालाजु), बोटलर्स नेपाल (तराई) र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको सेयरमा सकारात्मक सर्किट लागेकाे हाे । यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार १५:११