९ बैशाख २०८१, आईतवार | Sun Apr 21 2024

नेप्सेमा नबिल बैंकको ऋणपत्र सूचीकृत


१६ फागुन, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नबिल बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ। नेप्सेमा बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो।

‘ ९% नबिल डिबेञ्चर २०८७’ नामक यो ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम गत फागुन ८ गतेको निर्णय बमोजिम सूचीकरण गरिएको हो।

बैंकले सर्वसाधारण समक्ष कुमारी क्यापिटल लिमिटेड धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी मार्फत् खुल्ला बिक्री आह्वान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको ३० लाख कित्ता ऋणपत्र धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम २०८० फागुन ८ गतेको निर्णय अनुसार नेप्सेमा सूचीकृत भएको हो । नेप्से र नबिल बैंक बीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार १४:४२