९ बैशाख २०८१, आईतवार | Sun Apr 21 2024

नेप्सेमा २३ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत


१६ फागुन, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको १० प्रतिशत बोनस बापतको २३ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत आव २०७९/८० का लागि १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद(कर प्रयोजनका लागि)गरी कुल १०.५३ प्रतिशत लाभांश घोषणा गरेको थियो । सूचीकृतपश्चात् उक्त कम्पनीको सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार १४:०५