९ बैशाख २०८१, आईतवार | Sun Apr 21 2024

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले घोषणा गर्यो नगद लाभांश


१५ फागुन, काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। फागुन १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको हो ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश सेयरधनीमा वितरण गरिनेछ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलवार १०:०१