९ बैशाख २०८१, आईतवार | Sun Apr 21 2024

सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स


१४ फागुन, काठमाडौँ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

कम्पनीले चैत ५ गते शुभ होटल प्रा.लि., चाईना पुल, वीरेन्द्रनगर, सुर्खेतमा प्रथम वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले आईपीओ निष्काशनका साथै सोसम्बन्धि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालन समितिलाई अख्तियारी दिने, सञ्चालक समितिको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार ०९:२०