९ बैशाख २०८१, आईतवार | Sun Apr 21 2024

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा थली र कमलविनायकमा


१३ फागुन, काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले थली र कमलविनायकमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ । बैंकले कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ०५ मा थली शाखा र भक्तपुर नगरपालिका वडा नं. १० मा कमलविनायक शाखा संचालनमा ल्याएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरे। उद्घाटनमा बोल्दै सीईओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए ।

बैंकले हाल देशभरिमा २७० शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिङ र २६४ वटा एटीएम मार्फत सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आईतवार १३:१५