९ बैशाख २०८१, आईतवार | Sun Apr 21 2024

सन नेपाल लाइफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनसपश्चात हकप्रद जारी गर्ने


१३ फागुन, काठमाडौँ । सन् नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुंजीको २३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.२५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब २० करोड रुपैयाँ छ । घोषित बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ९६ करोड पुग्नेछ ।यस्तै, कम्पनीले बोनस सेयरपश्चात कायम हुने चुक्तापूँजीको ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँको २७ प्रतिशत अर्थात १ः०.२७ अनुपातमा हकप्रद जारी गर्ने जनाएको छ । बीमा प्राधिकरणले हकप्रद जारी गर्न स्वीकृत गरेपछि, साधारणसभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आईतवार १०:१८