८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा हिमालयन बैंकको नगद संकलन काउन्टर सञ्चालनमा


९ फागुन, काठमाडौँ । हिमालयन बैंक लिमिटेडले टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले फागुन ९ गते देखि उक्त काउन्टर सञ्चालनमा ल्याएको हो । अस्पातालमा आउने सेवाग्राहीको सुविधालाई ध्यानमा राखी बैंकले अस्पतालसंग नगद संकलन गर्ने सम्झौता गरेको हो ।

बैंकले अस्पतालमा उक्त सेवा सार्वजनिक विदाका दिनमा समेत गरी २४ सै घण्टा प्रदान गर्नेछ । सो काउन्टरमा सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै बैंकले क्यूआरमार्फत पनि भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ ।

नगद संकलन काउन्टर सञ्चालनमा ल्याउने सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत विजयमान नकर्मी र अस्पतालका तर्फबाट अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले हस्ताक्षर गरेका छन् । सो समारोहमा बैंक तथा अस्पतालका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार १७:२७