१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

क्रिकेट इतिहासमा नेपालको ठूलो सफलता, पहिलो पटक एकदिवसीय मान्यता


१ चैत, काठमाडौँ । नेपालले आफ्नो क्रिकेट खेलको इतिहासमै पहिलो पटक ठूलो सफलता हात पारेको छ । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट एकदिवसीय क्रिकेटमा नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराएपछि यो सफलताको बाटो खुलेको हो ।

नेपाललाई यो सफलता दिलाउन नेदरल्याण्डले हङकङलाई ४४ रनले हराएर पनि योगदान दिएको छ । नेपालले अबको ४ वर्षसम्म एकदिवसीय मान्यता पाउने छ ।

एकदिवसीय मान्यता पाएसँगै नेपाली क्रिकेट टिमले आइसीसीले खेलाउने विभिन्न खेलहरुमा सहभागिता जनाउन पाउने छ । नेपालको क्रिकेटमा आइसीसीले अहिले गर्दै आएको भन्दा ठूलो सहयोग गर्नेछ ।

प्रकाशित मिति : १ चैत्र २०७४, बिहीबार २०:५४