८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेपाल ल्युब आयलको नाफा ७८ लाख ६५ हजार, यस्तो छ प्रतिसेयर आम्दानी


४ फागुन, काठमाडौँ । नेपाल ल्युब आयल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिसम्ममा कम्पनीले ७८ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा कम्पनी १० लाख रुपैयाँ घाटामा थियो ।

 दोस्रो त्रैमाससम्ममा कम्पनीको सञ्चालन आम्दानी बढेको छ । यो अवधिसम्ममा कम्पनीको सञ्चालन आम्दानी ५१ करोड ७६ लाख रुपैयाँ रहेको छ । गत वर्षको यसै अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३७ करोड ८७ लाख रुपैयाँ रहेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी ६ करोड ६ लाख ४३ हजार रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा २२ करोड ८२ लाख रुपैयाँ जम्मा छ । यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ९४ पैसा र प्रतिसेयर नेटवर्थ ६३६ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार १५:१९