१५ फाल्गुन २०८०, मंगलवार | Tue Feb 27 2024

मंगलबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता


१ फागुन, काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ३०.५६ अंकले घटेर २०७०.५९ विन्दुमा बन्द भएकाे छ । मंगलबार ४ अर्ब ६६ करोड ७१ लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड २१ लाख ६५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार सबैभन्दा बढी हिमालयन रि इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको यस दिन ३२ करोड ३० लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, सोनापुर मिनरल्सको ११ करोड ८२ लाख २ हजार रुपैयाँ, सानिमा मिडल तमोर हाइड्रोपावरको १० करोड ४ लाख २६ हजार रुपैयाँ, सगरमाथा जलविद्युत कम्पनीको ९ करोड २५ लाख ४१ हजार रुपैयाँ र जोशी हाइड्रोपावरको ८ करोड ५४ लाख ५५ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलवार १५:२४