१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

३०.५६ अंकले घट्यो नेप्से, तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट


१ फागुन, काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ३०.५६ अंकले घटेर २०७०.५९ विन्दुमा बन्द भएकाे छ । नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन साढे ३ अर्बको शेयर कारोबार भएको बजारमा मंगलबार ४ अर्ब ६६ करोड ७१ लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड २१ लाख ६५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार तीन कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त र सुपर माइ हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेकाे हाे । मंगलबार पनि हिमालयन रि इन्स्योरेन्सकाे सबै भन्दा बढी काराेबार भएकाे छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलवार १५:१८