१५ फाल्गुन २०८०, मंगलवार | Tue Feb 27 2024

सुर्य कुण्ड हाइड्रोले आईपीओ निष्काशन गर्ने


१ फागुन, काठमाडौँ । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रूपैयाँ अंकित दरका २० करोड रूपैयाँ बराबरको २० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले आईपीओ निष्काशन गर्नका लागि नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ । यसको लागि आज सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष सतिश न्यौपाने र नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रवन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सुर्यकुण्ड हाइड्रोले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं. १ स्थित अप्पर तादी खोला हाईड्रोपावर प्रोजेक्टमा ११ मे.वा. क्षमताको विद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य करिव ५० प्रतिशत सम्पन्न भईसकेको कम्पनीले जनाएको छ । आयोजनाको कूल लागत २२० करोड रूपैयाँ रहने र आयोजनाको लागि आवश्यक ऋण १३५ करोड रूपैयाँ नेपाल एस.वि.आई बैंकको एकल लगानीबाट सम्पन्न भएको छ ।

यस कम्पनीमा अपि पावर कम्पनीको बहुमत शेयर लगानी रहेको छ । आयोजनामा भारतको फ्लोवेल इनर्जी कम्पनीबाट निर्मित अत्याधुनिक इलेक्ट्रोमेकानिकल समाग्रीहरु जडान गरि अवको १० महिना भित्र आयोजना संचालनमा ल्याउने कम्पनीले जनाएको छ । यस आयोजनाबाट उत्पादित विद्युत शक्ति ३३ के.भि डबल सर्किट लाईनबाट ८ किलोमिटर टाढा रहेको समुन्द्रटार सवस्टेशनमा जडान गरि सो विद्युत मातातिर्थ, काठमाडाैं सवस्टेशनमा ल्याइनेछ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलवार १५:०८