१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप जबरा चयन


१ फागुन, काठमाडाैँ। कुमारी बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अमिर प्रताप जबरा चयन भएका छन् । बैंकको फागुन १ गते बसेको सञ्चालक समितिको बैठकले राणालाई बैंकको अध्यक्षमा चयन गरेको हो ।

बैंकले गत माघ २८ गते २३ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको थियो । साधारणसभाले संस्थापक समुहबाट अमिर प्रताप जबरा, विजय कुमार श्रेष्ठ (कर्मचारी संचय कोषका प्रतिनिधि), र पशुपति मुरारकालाई संचालक चयन गरेको थियो । त्यस्तै सर्वसाधारण समुहबाट महेश प्रसाद पोखरेल, राजाराम खड्का र सिम्रन अग्रवाल (महिला तर्फबाट) लाई संचालक चयन गरेको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलवार १४:४८