१५ फाल्गुन २०८०, मंगलवार | Tue Feb 27 2024

राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा १ करोड ४२ लाख


१ फागुन, काठमाडौँ । राष्ट्रिय जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण  सार्वजनिक गरेकाे छ ।  पुस मसान्तसम्ममा कम्पनीले १ करोड ४२ लाख रुपैयाँ बराबरको खुद नाफा कमाएकाे छ  । याे गत आर्थिक वर्षको साेही अवधिकाे तुलनामा ४३.४३ प्रतिशतले बढी हाे ।

गत आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीले ९९ लाख १२ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएकाे थियो । चालु आवको पुस मसान्तसम्म ६ अर्ब ४१ करोड रुपैयाँको प्रिमियम शुल्क संकलन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब १४ करोड रुपैयाँ शुल्क संकलन गरेको थियो । तुलनात्मक रुपमा चालु आवको ६ महिनामा कम्पनीले ४.३९ प्रतिशतले धेरै प्रिमियम संकलन गरेको हो ।

याे अवधिमा कम्पनीले ४७ अर्ब ९ करोड रुपैयाँ लगानी गरेकोमा त्यसबाट २ अर्ब ६२ करोड रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीले बिमितलाई १ अर्ब ५७ करोड रुपैयाँ दाबी भुक्तानी गरेकोमा चालु आवको सोही अवधिमा २ अर्ब ८ करोड रुपैयाँ दाबी भुक्तानी गरेको हो । कम्पनीको चुक्तापूँजी १८ करोड १० लाख रुपैयाँ रहेकाे छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलवार १४:००