१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

कहिलेसम्म कायम सेयरधनीले पाउँछन् सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश ?


१ फागुन, काठमाडाैँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले फागुन ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

यसकाे अर्थ फागुन १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेकाे ११ प्रतिशत नगद लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन सक्नेछन् । कम्पनीको वार्षिक साधारण सभा फागुन ३० गते बस्नेछ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलवार १२:४६