१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

कर्जा जोखिम भार दर तोडमोड भन्ने भ्रामक समाचारप्रति एनआईसी एशिया बैंकको ध्यानाकर्षण


१ फागुन, काठमाडाैँ । एनआईसी एशिया बैंकले कर्जा जोखिम भारको दरलाई तोडमोड गरेको भन्ने समाचार भ्रामक रहेकाे भन्दै उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।

बैंकले मंगलबार एक विज्ञप्ती जारी गर्दै केही सञ्चार माध्यमहरूमा प्रकाशित तथा प्रसारित समाचारहरूप्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको बताएकाे छ । “हाल केही सञ्चार माध्यमहरूमा बैंकले घर कर्जाको वासल बमोजिमको जोखिम भारको दरलाई तोडमोड गरेको र रियल स्टेट क्षेत्रमा बैंकले नियमनकारी व्यवस्थाहरूले तोकेको सीमा भन्दा बढी कर्जा लगानी गरेको लगायतका विषयहरूमा प्रकाशित भ्रामक समाचारहरूप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

नेपाल राष्ट्र बैंकद्वारा जारी एकिकृत निर्देशनको क्यापिटल एडिक्वसी फ्रेमवर्क २०१५(Capital Adequacy Framework 2015) मा उल्लेखित रिस्क वेट क्लिसिफिकेसन(Claims Secured by Residential Properties) सम्बन्धी व्यवस्थाहरूमध्ये क्लेम्स सेकुयर्ड बाइ रेसिडेन्सियल प्राेपर्टिजभित्र कस्ता कस्ता कर्जाहरू पर्ने भन्ने सम्बन्धमा हाल मुलुकका अन्य वाणिज्य बैंकहरूले अपनाएका अभ्यास समेतलाई मध्यनजर गर्दै बैंकले यस सम्बन्धमा आफ्नो बुझाई अनुरुप वर्गीकरण गरी सोही बमोजिम नेपाल राष्ट्र बैंक समक्ष रिपाेर्टिङ गरेको बैंकले जारी गरेकाे विज्ञप्तिमा भनेकाे छ ।

साथै, बैंकले यस विषयमा केही सञ्चार माध्यमहरूमा विभिन्न विषयहरू उठे पछि बैंकले नेपाल राष्ट्र बैंक समक्ष उक्त विषयका सम्बन्धमा नियामकीय मार्गदर्शनको लागि अनुरोध गरेकाे र साे बमोजिम नेपाल राष्ट्र बैंकबाट प्राप्त मार्गदर्शनको आधारमा क्लेम्स सेकुयर्ड बाइ रेसिडेन्सियल प्राेपर्टिज (Claims Secured by Residential Properties) सम्बन्धमा बैंकको बुझाईलाई अद्यावधिक गरी सोही बमोजिम नेपाल राष्ट्र बैंकलाई रिपाेर्टिङ गरिसकिएको समेत बैंकले जानकारी गराएकाे छ।

यस विषय बाहेक पनि बैंकले रियल स्टेट सेक्टरमा नेपाल राष्ट्र बैंकले तोकेको सीमा भन्दा बढी कर्जा लगानी गरेको भन्ने समाचार सत्य, तथ्यमा आधारित नरहेको स्पष्ट पारेकाे छ । रियल स्टेट सेक्टरमा बैंकले आफ्नो कुल कर्जाको २५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्नेमा यस बैंकले २०८० पुस मसान्तसम्ममा १०.१४ प्रतिशत मात्र कर्जा प्रवाह गरेको समेत प्रस्ट पारेकाे छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलवार १४:१७