१५ फाल्गुन २०८०, मंगलवार | Tue Feb 27 2024

५० वटा शाखा बन्द गर्न राष्ट्र बैंकमा कुनै निवेदन दिइएको छैनः एनआईसी एशिया बैंक


१ फागुन, काठमाडाैँ ।  एनआईसी एशिया बैंकले शाखा कार्यालयहरू बन्द गर्न लागेको भन्ने समाचारमा कुनै सत्यता नभएकाे जनाएकाे छ । बैंकले एक प्रेस विज्ञप्ती जारी गर्दै केही सञ्चार माध्यममा बैंकले आफ्ना ५० शाखा कार्यालयहरू बन्द गर्न लागेको र सोको स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिएको भनी समाचार प्रकाशित भएकोमा त्यसमा कुनै सत्यता नभएको जनाएको हाे ।

केही सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित ‘बैंकले शाखा कार्यालयहरू बन्द गर्न लागेको’ भन्ने कपोकल्पित समाचारप्रति बैंककाे गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ । साथै बैंकले कुनै पनि शाखा कार्यालयहरू बन्द गर्ने बैंकको रणनीति तथा योजना नरहेको र ५० वटा शाखा बन्द गर्न राष्ट्र बैंक समक्ष निवेदन दिएको विषय कपोलकल्पित तथा भ्रामक रहेको जनाएको छ । यस्ता समाचारबाट भ्रमित नहुन बैंकले अनुराेध गरेकाे छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलवार ११:२४