१५ फाल्गुन २०८०, मंगलवार | Tue Feb 27 2024

नेपाल टेलिकमको खुद नाफा घट्यो, यस्तो छ प्रतिसेयर आम्दानी


१ फागुन, कठमाडाैँ । नेपाल टेलिकम लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.६० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ अर्ब २५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २१ अर्ब ३० करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ३.५८ प्रतिशतले कम हो । याे अवधिमा कम्पनीकाे प्रतिसेयर आम्दानी  ३ रुपैयाँ ५९ पैसा घटेर ४३ रुपैयाँ ६८ पैसा र प्रतिसेयर नेटवर्थ ५०३ रुपैयाँ ७६ पैसा रहेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलवार १०:१५