१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

सर्वसाधारणलाई आईपीओ निष्काशन गर्दै रिलायन्स स्पिनिङ मिल्स, यस्तो छ न्यूनतम मूल्य


२९ माघ, काठमाडाैँ ।  रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङ विधिबाट सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएकाे छ । कम्पनीले आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँको दरले ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।

कम्पनीले कुल ९४ करोड ८८ लाख ११ हजार ९६८ रुपैयाँको आईपीओ जारी गर्नेछ । कम्पनीकाे आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेकाे छ । कम्पनीले यसअघि योग्य संस्थागत लगानीकर्ताहरुलाई बोलपत्र आह्वान गरेको थियो । योग्य संस्थागत लगानीकर्ताले कबोल गरेको मूल्यका आधारमा सेयरको कट अफ मूल्य प्रतिकित्ता ९१२ रुपैयाँ कायम भएको थियो ।

उक्त मूल्यमा १० प्रतिशत रकम घटाएर सर्वसाधारणलाई आईपीओ बिक्री गर्नुपर्ने व्यवस्था रहेका कारण कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँमा आइपीओ जारी गर्न अनुमति मागेको हो । कम्पनीकाे आईपीओ लगानीकर्ताले न्यूनतम ५० कित्ता आवेदन दिनुपर्ने छ । तसर्थ, रिलायन्स स्पिनिङको आइपीओ भर्न सर्वसाधारणले न्यूनतम ४१ हजार ४० रुपैयाँ छुट्याउनुपर्नेछ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार १७:४०