१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्दै अम्बे स्टिल्स


२९ माघ, काठमाडाैँ। अम्बे स्टिल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न लागेकाे हो । कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित वार्षिक साधारण सभा बाेलाएकाे छ ।

कम्पनीको गत माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले फागुन २३ गते वार्षिक साधारण सभा बाेलाएकाे हाे । सभाले प्रिमियम मूल्यमा आम सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने र सो कार्यको लागि सम्पूर्ण अधिकार सञ्चाल समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै,सभाले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धक तथा अन्डरराइटर नियुक्त गर्ने प्रस्ताव र आईपीबाट प्राप्त रकमको उपयोगको प्रस्ताव समेत पारित गरिनेछ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार १५:५९