१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता


२९ माघ, काठमाडौं । साताको दोसो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । साेमबार बजार १५.३३ अंकले बढेर २१०१.१६ विन्दुमा बन्द भएकाे छ ।

साेमबार सबैभन्दा बढी हिमालयन रि इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको यस दिन २३ करोड २ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको १६ करोड ३० लाख २५ हजार रुपैयाँ, एनआइसी एशिया बैंकको १३ करोड ७७ लाख ४७ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सको १३ करोड ३७ लाख ३ हजार रुपैयाँ र सोनापुर मिनरल्सको १० करोड २७ लाख ११ हजार रुपैयाँको कारोबार भएको हो ।

 

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार १५:११