१५ फाल्गुन २०८०, मंगलवार | Tue Feb 27 2024

सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै दुई कम्पनी


२९ माघ, काठमाडौँ । विभिन्न दुई कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर ( आईपीओ) निष्काशन गर्ने भएकाे छन् । स्वस्तिक लघुवित्त वित्तीय संस्था र कालिन्चोक हाइड्रोपावरले आईपीओ निष्काशनकाे अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

स्वस्तिक लघुवित्तले ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता आइपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीकाे आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्मेन्ट बैंकिङले गर्नेछ । यस्तै, कालिन्चोक हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्न अनुमति मागेको हो ।

कम्पनीकाे आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गर्नेछ ।धितोपत्र बोर्डले अनुमति दिएपछि यी कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन प्रक्रिया अघि बढाउनेछ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार १४:५८