१५ फाल्गुन २०८०, मंगलवार | Tue Feb 27 2024

युनाइटेड अजोड इन्स्योरेन्सको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो


२९ माघ, काठमाडाैँ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा इन्स्योरेन्सकाे खुद नाफा ३ करोड १८ लाख रुपैयाँ रहेकाे छ । याे नाफा गत बर्षकाे साेही अवधिकाे तुलनामा ४८ प्रतिशतले बढी हाे ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले ४४ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८५.३६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क २३ करोड ९५ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी ९४.५२ प्रतिशत बढेको छ । १ अर्ब ९० करोड ४५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको जगेडा काेषमा ८६ करोड ३० लाख रुपैयाँ रहेकाे छ । पुस मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ८५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ७४ पैसा रहेको छ  ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार १४:०२