१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

एक कम्पनीको ६.३७ प्रतिशत नगद लाभांश सेयरधनीको खातामा जम्मा


२९ माघ, काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले नगद लाभांश सेयरधनीको खातामा पठाउन सुरु गरेको छ । इन्स्योरेन्सको माघ २५ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको ६.३७ प्रतिशत नगद लाभाशं सम्बन्धित सेयरधनीकाे खातामा जम्मा गर्न सुरू गरेकाे हाे ।

कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई अपडेट गर्न आग्रह गरेको छ । सो पश्चात मात्र खातामा नगद लाभांश जम्मा हुने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार ०९:४१