१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

हिमालयन रि इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस कति ?


२६ माघ, काठमाडाैँ ।  हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस र ०.२१ प्रतिशत नगद लाभांश(कर प्रयोजनको लागि) गरी कुल ४.२१ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन् ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार १०:२७