१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

झ्यामोलोङ्गमा हाइड्रोले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त


२५ माघ, काठमाडाैँ । झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० अकिंत दरमा ५१ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

आइपीओ निष्काशनका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ । आईपीओ निष्कासनका लागि कम्पनीको तर्फबाट कार्यकारी सञ्चालक सुनिल नारायण श्रेष्ठ तथा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

झ्यामोलोङ्गमा हाइड्रोपावारले ३२ मे.वा. क्षमता रहेको करुवा सेती हाइड्रोपावर आयोजना निर्माण कार्य करिब ९० प्रतिशत सम्पन्न गरिसकेको छ । उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भए पश्चात यसै आर्थिक वर्ष भित्र विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडिने कम्पनीको भनाई छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार १५:०२