१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

पपुवा न्यूगिनीविरूद्ध नेपालको रोमाञ्चक जीत


१ चैत, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट छनोटअन्तर्गत प्लेअफमा नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेको छ ।

पपुवा न्यूगिनीलाई ११४ रनमा समेटेको नेपालले  २३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । पपुवा न्यूगिनीको चार विकेट लिएका ऐरीले अर्धशतक पारी खेल्दै नेपाललाई जिताए । उनले छक्का हान्दै ५० रन पुरा गरेका हुन् ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले ओभरमा सबै विकेट गुमाएर ११४ रन बनायो । मात्र ४.२ ओभर बलिङ गरेका ऐरीले १४ रन दिएका थिए भने लामिछानेले ८ ओभर बलिङ गर्दै २९ रन खर्चिका थिए ।

हारसँगै पपुवा न्यूगिनीले एकदिवसीय मान्यता गुमाएको छ । नेपाल भने नजिक पुगेको छ । अहिले भइरहेको अर्को खेलमा नेदरल्याण्डसले हङकङलाई हरायो भने नेपालले अन्तिम खेल अघि नै ओडीआई स्टाटस पक्का गर्नेछ ।


हङकङले जित्यो भने सातौं स्थानका लागि नेपाल र हङकङबीच खेल हुनेछ र त्यो खेल जित्ने टोलीले एकदिवसीय मान्यता पाउनेछ ।

प्रकाशित मिति : १ चैत्र २०७४, बिहीबार १७:५६