१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

ए डिभिजन लिग  फुटबलमा आज पुलिस–मछिन्द्र र थ्रिस्टार–ब्रिगेड ब्वाइज भिड्दै


२ मंसिर, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदै छन् । ११ बजेदेखि  ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा आज सुरु हुनेहुने पहिलो खेलमा बिभागीय टिम नेपाल पुलिस क्लबले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।


दिउँसो २ बजेर ३० मिनेटमा एन्फा कम्प्लेक्समा हुने दोस्रो खेलमा थ्रीस्टार क्लबले ब्रिगेड ब्वाइजसँग प्रतिस्पर्धा गर्दैछ । आफ्नो पहिलो खेलमा नै फ्रेन्ड्स क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको थ्रीस्टार आजको खेलमा पनि स्पष्ट जितको खोजिमा हुनेछ । यता, ब्रिगेड ब्वाइज पनि थ्रीस्टारसँग अंक खोस्ने लक्ष्यमा रहेको छ ।

 

प्रकाशित मिति : २ मंसिर २०७५, आईतवार ०८:०३