८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दीले एनआरटीलाई २–० गाेलले हरायो


१ मंसिर, काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दीले एनआरटीलाई २–० गाेलले हराएकाे छ । एपीएफ मैदान हलचोकमा आजबाट सुरु भएको दोस्रो चरणको खेलमा  मनाङले न्यूरोड टिम एनआरटीमाथि २–० को जित निकालेको हो । मनाङले दुवै गोल पहिलो हाफमा गरेको थियो ।

मनाङका अञ्जन विष्टलाई एनआरटीका खेलाडीले लडाएपछि पाएको पेनाल्टीलाई अञ्जनले गोलमा परिणत गर्दै सुरुवाति अग्रता दिलाएका थिए । मनाङका लागि अफ्रिकन खेलाडी ओलावाले आफिजले दोस्रो गोल ३७औँ  मिनेटमा  गरेका थिए । त्यसपछि थप गोल हुन नसकेपछि मनाङले तीन अंक जोड्न सफल भयो । पहिलो खेलमा पनि जित निकालेको मनाङले तालिकामा ६ अंक जोडेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७५, शनिबार १६:१९