१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

पपुवा न्युगिनीले दियो १ सय १५ रनको विजय लक्ष्य, सन्दिप र दिपेन्द्रको उत्कृष्ट बलिङ


१ चैत, काठमाडौैँ । पपुवा न्युगिनीले आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्लेअफमा नेपाललाई १ सय १५ रनको विजय लक्ष्य दिएको छ ।

जिम्बावेको हरारेस्थित हरारियन स्पोर्ट्स क्लबमा पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले २७.२ ओभरमा १ सय १४ रनमा अलआउट भयो । नेपालका लागि सन्दीप लामिछान र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गरे ।

दुवैले समान ४–४ विकेट लिए । त्यस्तै करण केसी र सोमपाल कामीले १–१ विकेट लिए । आजको खेलमा जित हात पार्ने टिम एकदिवसीय मान्यता नजिक पुग्नेछ ।

४ वर्षका लागि प्राप्त हुने एकदिवसीय मान्यताले टिमको एक्सपोजर बढ्ने र आइसिसीबाट प्राप्त हुने अनुदान पनि बृद्धि हुने भएकाले प्लेअफको खेल नेपालका लागि महत्वपूर्ण मानिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७४, बिहीबार १५:३५