६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

सन्दीप लामिछानेले आगामी सिजनकाे आईपीएल पनि दिल्ली डेयरडेभिल्सबाटै खेल्ने


२९ कात्तिक, काठमाडौं । सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को आगामी सिजन पनि दिल्ली डेयरडेभिल्सबाटै खेल्ने भएका छन् । १२औं सिजनको आर्इपीएलका लागि दिल्लीले उनलाई रिटेन गरेको हो ।


गत सिजन सन्दीपले आईपीएलमा डेब्यू गरेका थिए । दिल्लीको अघिल्लो चरण पुग्ने सम्भावना सकिएपछि तीन खेलमा अबसर पाएका उनले आफूलाई सावित गरेका थिए । त्यसपछि उनले विभिन्न लिग खेलिसकेका छन् । उनले अष्ट्रेलियाको बिग बास लिग समेत खेल्दैछन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७५, बिहीबार २१:१९