१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

टस जितेर नेपाल फिल्डिङ गर्दै


१ चैत, काठमाडौँ । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवसीय मान्यताका लागि निर्णायक खेलमा नेपालले आज पपुवा न्यूगिनीसँग प्रतिस्पर्धा गरिरहेको छ ।

नेपालले केहीबेर अघि टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । आज पनि नेपालले हङकङ विरुद्धको सेटलाई नै मैदानमा उतारेको छ । आजपनि शरद भेषवाकर, शक्ति गौचनलाई विश्राम दिइएको छ ।

सुपर सिक्समा पर्न नसकेपछि विश्वकप छनोटबाट बाहिरिएको नेपालको आजको खेल एकदिवसीय मान्यताका लागि हो । यसअघिका सबै खेल वुलावायोमा खेलेको नेपालले बिहीबार हरारेस्थित हरारे स्पोर्टस क्लबको मैदानमा खेलिरहेको छ ।

यस खेलमा नेपाल विजयी भएमा एकदिवसीय मान्यताका लागि नजिक हुनेछ ।

प्रकाशित मिति : १ चैत्र २०७४, बिहीबार १३:५६