१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

आठ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?


२६ मंसिर, काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.८६अकंले बढेर १९८५.४४ बिन्दुमा बन्द भएको छ ।

मंगलबार २९७ कम्पनीको १ करोड २४ लाख ६३ हजार १६८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ९० लाख रुपैयाँको कारोबार भएको छ ।  सेयर बजार बढेसँगै आठ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा बोटलर्स नेपाल, धौलागिरी लघुवित्त, नेपाल रिपब्लिक मिडिया, सोनापुर मिनिरल्स, सानिमा लार्ज फण्ड लगायतका अन्य कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलवार १५:१५