१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

सूचीकृत कम्पनीहरुलाई तीन दिनभित्र वित्तीय विवरण अध्यावधिक गर्न नेप्सेको निर्देशन


२६ मंसिर, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुलाई वित्तीय विवरणहरु अध्यावधिक गर्न निर्देशन दिएको छ ।नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा भएको व्यवस्था बमोजिम वार्षिक तथा त्रैमासिक वित्तीय विवरणहरु पेस गर्न निर्देशन दिएको हो ।

कम्पनीहरुले समयमा नेप्सेले उपलब्ध गराएको नोट्स लगइन मार्फत विद्युतीय प्रति अपलोड गर्नुपर्ने उल्लेख छ । कम्पनीहरुले तीन दिन भित्र वित्तीय विवरण अध्यावधिक गर्न निर्देशन गरेको हो । साथै, समयमै वित्तिय विवरणहरु अपलोड नगर्ने संगठित संस्थाहरुलाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ बमोजिम कारवाही गर्ने पनि नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलवार १४:२१