१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

मन्त्रीबाट बर्खास्त भए लगत्तै पार्टी सदस्यता पनि खोसिएपछि सोडारीले दिए यस्तो प्रतिक्रिया


२७ कात्तिक, काठमाडाैँ । मंगलबार दिउँसो मात्रै सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीबाट बर्खास्त भएका दीर्घ सोडारीलार्इ नेकपाको प्रदेश कमिटीले पार्टी सदस्यबाट समेत बर्खास्त गरेको छ । अनेक खालका अारोपका बीच उनीमाथि कारबाही भएपनि खास कारण अझै सार्वजनिक भएको छैन ।

दुबैतिरबाट बर्खास्तमा परेपछि सोडारीले पार्टी भित्रको आन्तरिक गुटबन्दीका कारण आफूलाई पदबाट हटाइएको आरोप लगाएका छन् । उनले अाफूलार्इ मन्त्री नै देख्न नचाहने एउटा खेमाले सुरूदेखि नै बिरोध गरेको र विभन्न काममा अबरोध गर्ने गरेको बताएका छन ।

उनले आफू पार्टीको इमानदार कार्यकर्ता भएको दाबी समेत गरेका छन । पार्टीभित्र उनी भीम रावल निकट तथा माथिल्लो तहमा माधव नेपाल पक्षधर मानिन्थे उनै सोडारीसँग दैनिकीले गरेको कुराकानीका केही अंश

तपाईंलाई मन्त्री र पार्टीको सदस्य दुबै ठाउँबाट केही घण्टाको बीचमा बर्खास्त गरियो, के अपराध गर्नु भो ?

–मलार्इ मन्त्रीबाट हटाइएको छ । पार्टीबाट हटाएको कुरा मैले जानकारी पाएको छैन । यसबारे मलाईभन्दा बढी पार्टीका नेताहरुलाई थाहा होला । बाँकी कुरा उहाँहरुलाई नैं सोध्नुस् । पार्टीको इमान्दार कार्यकर्ता भएकाले पार्टीको निर्णय मान्छु ।

तपार्इलार्इ बर्खास्त गर्नेबारेको पूर्व सूचना थियो ? 

–अाजै हटाउछन भन्ने थिएन तर पार्टी अध्यक्ष कमरेड केपी ओली सहितका नेताहरु हिजो बालुवाटारमा बसेर मलाई हटाउने सहमति बनेको सुनेको थिएँ । आजै निर्णय गरे । तर, मलार्इ कुनै सूचना वा चेतावनी केही दिइएको थिएन ।

दुबै पदबाट एकैपटक बर्खास्तमा पर्नु भो कस्तो महशुष भएको छ ? 

–पार्टीले जिम्मेवारी खोस्दा राम्रो त पक्कै लाग्दैन ।  तर कारणहरू मलार्इ पनि राम्रोसँग नभनेकाले यसको भित्री खेलको बारेमा समय अाएपछि सबैकुरा बताउँछु ।

मन्त्रीबाट बर्खास्त गर्नु अघि यस्तो कारणले तपार्इलार्इ सरकारमा राख्न सकिएन वा अन्य केही भनियो कि भनिएन ?
–मैले जानाजान गाडी दुर्घटना गराएको जस्तै गरी त्यो र अन्य कारणका बारेमा चर्चा गरेका छन । जुन मन्त्रीबाटै र पार्टी सदस्यबाटै हटाउनुपर्ने अपराध हैन । आन्तरिक गुटबन्दीका कारण मलाई पदबाट हटाइएको छ । मलार्इ मन्त्री नै देख्न नचाहने एउटा खेमाले सुरूदेखि नै बिरोध गरेका थिए । म पार्टीको इमानदार कार्यकर्ता हुँ  । त्यसकारण अन्य नेता र साथीहरूसँग सल्लाह गरेर निर्णय लिन्छु ।

प्रकाशित मिति : २७ कार्तिक २०७५, मंगलवार २३:०२