१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

सर्वोत्तम सिमेन्टले बुक विल्डिङमार्फत सर्वसाधारणलाई आईपीओ बिक्री गर्ने, कति पर्छ मूल्य ?


२५ मंसिर, काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिमार्फत स्थानीय बासिन्दा र सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएकाे छ । कम्पनीले आईपीओ निष्काशनकाे अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकाे छ ।

कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणलाई गरी १ अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको कुल ३६ लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

कम्पनीले स्थानीय र सर्वसाधारणलाई प्रतिकित्ता ३६०.९० रुपैयाँको दरले आइपीओ बिक्री गर्न अनुमति मागेको छ । यसअघि कम्पनीले प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँसम्म बिक्री मूल्य सीमा तोकेर योग्य संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता सेयर बोलकबोल गरेको थियो । उक्त बोलकबोलमा ४०१ रुपैयाँ कट अफ मूल्य निर्धारण गरेर संस्थागत लगानीकर्तालाई सेयर बाँडफाँड गरिएको थियो ।कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार १७:१७