१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

१९ प्रतिशत लाभांश पारित गर्दै स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारणसभा सम्पन्न


२५ मंसिर, काठमाडाैं। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३७ औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । काठमाडाैंकाे भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम चुक्तापूँजीको १९ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ ।

सभामा कम्पनीका अध्यक्ष जरिन दारुवालाले निरन्तर सहयोग गर्ने सबै लगानीकर्ता, ग्राहक, नियामक, कर्मचारी र अन्य सरोकारवालालाई धन्यवाद ज्ञापन गर्दै जोखिम व्यवस्थापनको बलियो आधारशिला निर्माण गर्दै बैंक सञ्चालनको इतिहासमा सबैभन्दा उच्चतम प्रतिफल दिएको बताइन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकमा स्ट्यान्डर्ड चार्टर्ड समूहको ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत सेयर स्वामित्व छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार ०९:४६