१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

सांग्रिला डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोनस सेयर दिने


२४ मंसिर, काठमाडाैं। सांग्रिला डेभलपमेन्ट बैंकको १९ औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ५ प्रतिशत बोनस सेयर तथा कर भुक्तानी प्रयोजनसहित ०.२६३ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

साथै, सभाले गत आर्थिक वर्ष २०७९/०८० को वित्तीय विवरण पनि पारित गरेको छ । हाल कम्पनीले देशभर ११२ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आईतवार १७:१३