१५ फाल्गुन २०८०, मंगलवार | Tue Feb 27 2024

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नवौं वर्षमा, डिम्याट तथा मेरो सेयर खोल्दा पाइने छुटको समय थप


२४ मंसिर, काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड स्थापनाको आठौँ वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको छ । नवौं वर्ष प्रवेश गरेको अवसरमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेमा नयाँ डिम्याट खाता तथा मेरो सेयर खाता खोल्दा र नवीकरण गर्दा पाइने बम्पर छुट योजनालाई वार्षिकोत्सवको अवसर पारी सिमित अवधिको लागि थप गरिएको जनाएको छ ।

साथै, नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले आगामी दिनहरुमा अझ सर्वसुलभ र ग्राहकमैत्री सेवा प्रदान गर्दै जाने प्रतिवद्धता समेत गरेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आईतवार १७:०६