१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

मौद्रिक नीतिको सुझावका लागि विज्ञ सम्मिलित सल्लाहकार समिति बनाइने


२२ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको सुझावको लागि विज्ञ समिति बनाउने घोषणा गरेको छ ।  केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक यस्ताे घोषणा गरेको हाे ।

मौद्रिक नीतिको कार्यदिशा, संरचना, लक्ष्य र उपकरणका सम्बन्धमा सुझावका लागि बाह्य विज्ञहरु सम्मिलित मौद्रिक नीति सल्लाहकार समिति गठन गर्ने मौद्रिक नीतिमा उल्लेख छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार १२:२८