१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

२२० रुपैयाँमै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?


२२ मंसिर, काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले  संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले ५ लाख ३३ हजार ८६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२० रुपैयाँमा तोकिएको छ । यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य बोलकबोल गर्नुपर्नेछ । सबैभन्दा बढी मूल्य लगाउने आवेदकलाई प्राथमिकतामा दिई सो सेयर बिक्री गरिने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।

उक्त सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनी वा जोकोही व्यक्ति, फर्म वा कम्पनी, संघसंस्थाहरुले मंसिर २८ गतेसम्म आफूले किन्न चाहेको दररेटसहित गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम ५००० कित्ता र अधिकतममा सबै कित्तासम्मका लागि खरिद आवेदन दिनुपर्ने छ । इच्छुक लगानीकर्ताले एनआईसी एशिया क्यापिटलको काठमाडौंको मुख्य कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार १०:१२