१५ फाल्गुन २०८०, मंगलवार | Tue Feb 27 2024

अर्थतन्त्रमा सुधार ल्याउन नयाँ घोषण गर्ने तयारीमा छुः प्रधानमन्त्री प्रचण्ड


२१ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा सुधारका लागि केही नयाँ घोषणा गर्ने तयारीमा रहेको बताएका छन् । बिहीबार काठमाडौंमा रेस्पोन्सिबल बिजनेस समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति भएपनि व्यवहारमा जनतामा आशाको सञ्चार हुन नसकेको बताए ।

उनले भने, ‘तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको देखिन्छ। तर, व्यवहारमा आम जनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मेहेनत गर्नुपर्ने परिस्थिति हाम्रासामु छ। त्यसैले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत बैठक र केही नयाँ घोषणसमेत गर्ने तयारी गरिरहेको छु।’

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार १३:५०