१५ फाल्गुन २०८०, मंगलवार | Tue Feb 27 2024

ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल नियुक्त


२१ मंसिर, काठमाडाैं। ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा कपिल ढकाल नियुक्त भएका छन् । मंसिर २० गते बसेको बैंककाे सञ्चालक समितिको बैठकले ढकाललाई चार वर्षको लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि उनी बैंककाे कायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्षभन्दा बढीको अनुभव बोकेका ढकाल प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट् पनि हुन् । ढकालले डिलोईट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार १०:३७