१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

मौद्रिक नीतिको समीक्षा शुक्रबार सार्वजनिक हुने


२० मंसिर, काठमाडाैं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा शुक्रबार सार्वजनिक गर्ने भएकाे छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो समीक्षा शुक्रबार सार्वजनिक गर्ने भएको हाे ।

अर्थसमितिकाे आजकाे बैठकमा गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको समीक्षा शुक्रबार आउने बताएका हुन् । ‘मौद्रिक नीतिको समीक्षा शुक्रबार आउँछ, अर्थसचिव बाहिर भएर समय लागेको हो,’ बैठकमा गभर्नर अधिकारीले भने ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार १६:०९