१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँड आज, कतिले पाउछन् सेयर ?


१९ मंसिर, काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलका अनुसारर कम्पनीको आईपीओ आज मंसिर १९ गते मंगलबार बिहान १० बजे बाँडफाँड हुनेछ ।

कम्पनीकाे आइपीओमा अन्तिम दिनसम्म १३ लाख २४ हजार ३६७ जनाले १ करोड ४३ लाख ४२ हजार ६२० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा १२.४९ गुणा बढी आवेदन हो ।

माग भन्दा बढी आवेदन परेको हुँदा कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट गर्दा १ लाख १४ हजार ८०० जनाले १०/१० कित्ताका दरले सेयर हात पार्नेछन् । बाँकी १२ लाख ९ हजार ५६७ जनाको हात भने खालि हुने छ । कम्पनीले मंसिर ८ गतेदेखि मंसिर १२ गतेसम्म सर्वसाधारणलाई ११ लाख ४८ हजार कित्ता सेयर निष्काशन गरेको थियाे ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलवार ०९:१८