१५ फाल्गुन २०८०, मंगलवार | Tue Feb 27 2024

सोनापुर मिनरल्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?


१८ मंसिर, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.४२ अकंले घटेर १८४७.८१ बिन्दुमा बन्द भएको छ । सोमबार २९२ कम्पनीको ३८ लाख ९६ हजार २८७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १९ करोड ७२ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सेयर बजारमा गिरावट आउँदा सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ७ करोड ४६ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिस्टीलरीको ७ करोड ७ लाख ८६ हजार हजार रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सको ५ करोड २५ लाख २९ हजार रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सको ५ करोड १९ लाख १२ हजार रुपैयाँ र शिवम् सिमेन्टको ४ करोड ३९ लाख ८९ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार १५:१९