१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

मुख्यमन्त्री कार्कीले तोके कोशीका तीन मन्त्रीको जिम्मेवारी, आन्तरिक मामिलामा शमशेर राई


१७ मंसिर, विराटनगर । कोशी प्रदेश सरकारका तीन मन्त्रीलाई जिम्मेवारी बाँडफाँड गरिएको छ । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १६८को उपधारा (९) बमोजिम कार्यविभाजनसहित जिम्मेवारी हेरफेर गरेका हुन् ।  ।

सो कार्य विभाजनअनुसार मन्त्री शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मन्त्री गणेशप्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय र मन्त्री कमलप्रसाद जवेगुलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । बाँकी मन्त्रालयहरु मुख्यमन्त्री कार्कीले राखेका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आईतवार १५:३२