१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

सोनापुर मिनरल्ससहित यी कम्पनीका झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?


१७ मंसिर, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.२९ अकंले घटेर १८५१.२३ बिन्दुमा बन्द भएकोछ । आइतबार २९३ कम्पनीको ३४ लाख १९ हजार ७३ कित्ता सेयर किनबेच हुँदा ९६ करोड ४० लाख १० हजार रुपैयाँको कारोबार भएको छ ।

आज सेयर बजारमा गिरावट आउँदा सोनापुर मिनरल्सको सर्वाधि कारोबार भएको छ । कम्पनीको यस दिन ६ करोड ९५ लाख २९ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, हाथवे इन्भेष्टमेन्ट कम्पनीको ३ करोड १५ लाख ६१ हजार हजार रुपैयाँ , सिटिजन लाइफ इन्स्योरेन्सको २ करोड ७७ लाख १३ हजार रुपैयाँ, यूनाइटेड इदि मार्दी हाइड्रोपावरको २ करोड ७० लाख ७५ हजार रुपैयाँ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ६६ लाख २९ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आईतवार १५:१८